अपराध

सहकारीको ५ करोड हिनामिना प्रकरणमा २ जना कारागार चलान

इकागज |
पुस २८, २०७८ बुधबार १२:२६ बजे

दाङ । दाङको एक सहकारीको रकम हिनामिना गरेको आरोपमा दुई जना कारागार चलान भएका छन् । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उनीहरू संस्थाका पदाधिकारी हुन् । हिमामिना आरोपमा उनीहरूलाई जिल्ला अदालत दाङले ५०/५० लाख धरौटी माग गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए । धरौटी बुझाउन नसकेकै कारण उनीहरू कारागार चलान भएका हुन्।


देउखुरी बचत तथा ऋण सहकारी संस्थामा महाप्रभुसहित ३ संस्था मर्ज भएर बनेको थियो । कारागार चलान भएका ज्ञवाली र भण्डारी दुवै महाप्रभुका पूर्वअध्यक्ष हुन् । हिमामिना आरोप लागेका रामकृष्ण पौडेल भने २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।


Author

थप समाचार
x