लागुऔषधसहित तीन जना पक्राउ
सुनसरी । सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
सुनसरीकाे भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित सीमा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले करिब १५ मिलिग्राम ब्राउन सुगर तथा २ पत्ता नाइट्रोजन ट्याब्लेटसहित भारतमा घर बताउने पंकज कुमार यादवलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो ।
त्यसैगरी सोही जिल्लाकै कोशी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको कोशी गाँउपालिका ४ बस्ने प्रवेश आलम र भोक्राहानरसिंह गाँउपालिका ५ बस्ने ३४ वर्षीय बाजुदिन मन्सुरी छन् ।
को ३१ प ७०७६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाइलेक्स १२ बोतल, नाइट्रोजन ट्याब्लेट ५० वटा र स्पास्मो प्रोक्सिभन ट्याब्लेट ३ सय ६० वटा फेला पारेको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया