लागूऔषधसहित पक्राउ
काठमाडौं–कास्की, पोखरा महानगरपालिका–१० रामबजार बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारका ३३ वर्षीय मनोज गुरुङलाई नियन्त्रित लागूऔषध सहित पक्राउ गरिएको छ । उनको साथबाट ४९ एम्पुल फेनारगन, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुर्फिनसहित प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१० स्थित पश्चिम क्षेत्रीय अस्पतालको क्यान्टिनमा हो–हल्ला गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट अस्पतालचोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, पर्सा जिराभवानी गाउँपालिका–३ जितपुरबाट करिब २५ केजी अवैध लागूऔषध गाँजा शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित २ जना ब्यक्तिहरुले उक्त गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया