अपराध

अवैध लागूऔषध ओसारपसारमा दुई युवतीसहित चार पक्राउ

इकागज |
माघ ११, २०७८ मंगलबार १३:४ बजे

काठमाडौं– अवैध लागूऔषध ओसारपसारमा संलग्न दुई युवतीसहित चार पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, पर्सा र कैलालीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमतीचोकबाट करिब १० ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ युती पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–११ गैरीगाँउ बस्ने धनकुटा मुगा नगरपालिका–७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र बुढानिलकण्ठ नगरपालिका एकताबस्ती बस्ने धनुषा धनुषाधाम नगरपालिका–९ घर भएकी २१ वर्षीया लक्ष्मी लामा रहेका छन् । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 


त्यस्तै, कैलालीस्थित धनगढी उपमहानगरपालिका–४ एकताटोलबाट करिब ९ सय ग्राम अवैध लागूऔषध चरेससहित ५० वर्षीय नर बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–२५ सिर्सियाबाट नियन्त्रित लागूऔषध नुर्फिन ८० एम्पुल, डाइजेपाम ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित बारा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने ३७ वर्षीय निरज कुमार मेहतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


Author

थप समाचार
x