अपराध

८१ केजी गाँजासहित चार पक्राउ

इकागज |
माघ १५, २०७८ शनिबार १३:३२ बजे

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गाँजाको विक्री तथा अवैध रुपले ओसारपसारमा संलग्लाई पक्राउ गरेको छ। एक व्यक्तिको घरबाट अवैध रुपमा गाँजा विक्री वितरण गरिरहेको अवस्थामा दुई जना र ओसारपसारमासंलग्न दुई जना पक्राउ परेका हुन्।

७४ केजी गाँजासहित पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर मौजेका गणेश साह कलवार र उनका छोरा वर्षीय सन्तोषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी ओमप्रकाश खनालकाअनुसार कलवारले आफ्नै एक तल्ले घरमा लागु औषध गाँजाको विक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोलीले उनको घर खानतलासी लिएको थियो । ‘खानतलासीका क्रममा घरको पूर्वपट्टीको कोठाको खाटमुनी सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको गाँजा ७४ के.जी. फेला परेको हो,’ खनालले भने ।


त्यस्तै, पर्सास्थित विन्दावासिनी गाउँपालिका–४ अमरपट्टीबाट झौवा जाने बाटोमा प्रहरी चौकी अमरपट्टीको पैदल गस्ती टोलीले पैदल नेपालबाट भारततर्फ शंकास्पदरूपमा जाँदै गरेका दुई व्यक्तिबाट ६ केजी गाँजा बरामद गरेको छ । पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी–१ दोहोरी टोलका सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १का दसाही दास रहेका छन् । 
उनीहरुरूले बोकेको झोला जाँच गर्दा ७ केजी लागुऔषध गाँजा फेला परेको खनालले बताए। पक्राउ परेका चार जनालाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 
 


Author

थप समाचार
x