अपराध

भन्सार छलेर ल्याएको मदिरा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ

इकागज |
माघ १६, २०७८ आइतबार १२:५९ बजे

काठमाडौँ - नेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोप चार जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ठूलो परिमाणमा महँगा मदिरा नेपाल भित्रिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेसन लिमा सुरु गरेको थियो ।

सो क्रममा २९६ कार्टुन मदिरासहित चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका शैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिए । उनले उक्त मदिराहरू बिशेषत पार्टी प्यालेशमा बिक्री बितरण हुने गरेको पाइएको कोइरालाले बताए । उनीहरूले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागी खाद्य तथा गुण नियन्त्रण विभागमा नमूना पठाएको छ । 



Author

थप समाचार
x