अपराध

बिङ्गो खेलिरहेका ७४ जना नगद ६ लाखसहित काठमाडौँबाट पक्राउ

इकागज |
माघ १७, २०७८ सोमबार १२:५४ बजे

काठमाडौँ - काठमाडौँमा बिङ्गो खेलिरहेका ७४ जना पक्राउ परेका छन् । 

काठमाडौँ महानगरपालिका-६ नयाँ बस्तीस्थित दोलखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङ समेत ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 


उक्त स्नुकर हाउसमा हार जित हुने गरी बिङ्गो खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x