चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं- सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका १० पत्थरगाडास्थित सीमा ईलाकाबाट माघ १६ गते सशस्त्र प्रहरीले करिब २ लाख ३२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले माघ १७ गते करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरसाईकलको पार्ट्स बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटरसाईकलको पार्ट्स सशस्त्र प्रहरीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका ४ खुदियास्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया