अपराध

हत्या र लुटपाटमा संलग्‍न नाै जना पक्राउ

इकागज |
माघ १८, २०७८ मंगलबार १३:१७ बजे

फाइल फाेटाे

सप्तरी- जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दाेषी देखाउँदै फैसला गरे पनि फरार भएका नाै जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका-६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क., विरेन्द्र बि.क र दुलारी देवी बि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।


विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत  प्रहरीले पक्राउ गरेकाे हाे । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दाेषी दयावति बि.कले २१, विरेन्द्र बि.क र दुलारी बि.कले ५० रुपैयाँ तिर्नुपर्नेछ।

 


Author

थप समाचार
x