अपराध

भन्सार छली ल्याइएको सामग्री बरामद

इकागज |
माघ २०, २०७८ बिहीबार १६:३ बजे

कञ्चनपुर–भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याएका विभिन्न सामग्री बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भारतबाट चोरी पैठारी गरी ल्याइको सामान बरामद गरेको हो ।

प्रहरीकाअनुसार विभिन्न किसिमका कपडा र चप्पल बरामद गरिएको छ। ‘करिब तीन लाख दश हजार चार सय रुपैयाँ बराबरका सामग्री फेला परेको छ’ कञ्चनपुरका सूचना अधिकारी एवं डिएसपी चक्रबहादुर शाहले भने ।


सो सामग्री बेबारिसे अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ। सो सामानलाई कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीको भनाइ छ।
 


Author

थप समाचार
x