ललितपुरमा करिब एक महिनादेखि गाडिएको शव फेला
काठमाडौं । ललितपुरका खाल्डो खनेर गाडिको अवस्थामा एक जनाको शव भेटिएको छ। ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा शव भेटिएको हो ।
सो शव तेह्रथुमका मोहन लिम्बुको भएको प्रहरीको भनाइ छ । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। ।
सो शव मोरङको उखुबारीमा हालै भेटिएकोृ दुई शवसँगको घटनासँग सम्बन्धित भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ। मोरङ घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । सोअनुसार बुझ्दै जाँदा ललितपुरमा शव फेला परेको महानगरीय अपराध शखाका सूचना अधिकारी एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
शव एक किन्डरगार्डेन नजिकै फेला परेको उनले बताए। त्यहाँ भाडामा बस्नेहरू अहिले कोही नभेटएको प्रहरीको भनाइ छ।
गत हप्ता मोरङको एक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया