राहदानी बनाइ दिने भन्दै रकम ठगी गरेकाे आराेपमा एक पक्राउ
फाइल फाेटाे
काठमाडौँ - राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-११ त्रिपुरेश्वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाइदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया