दुई फरार कसुरदार पक्राउ
कञ्चनपुर–प्रहरीले दुई फरार कसुरदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सवारी ज्यान मुद्दा र लागुऔषध फेनारगन मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका जयराज पनेरु र कञ्चनपुर भिमदत्त नगरपालिका–१८ का पप्पु सुनार रहेका छन्। पनेरुलाई कञ्चनपुर जिल्ला अदालतको फैसलाले २ बर्ष १ महिना कैद र २८ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यस्तै सुनारलाई फैसलाले १ महिना १५ दिन कैद तोकेको थियो ।
प्रहरीकाअनुसार उनीहरूलाई कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया