अपराध

यस्तो छ नक्कली ‘जनार्दन शर्मा’को ठगी शृङ्खला

इकागज |
माघ २५, २०७८ मंगलबार १९:६ बजे

काठमाडौं–जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार राति एक व्यक्ती पक्राउ गर्‍यो–उनी थिए प्युठान जिल्ला तोरवाङ गाउँपालिका९६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेल ।

प्रहरी चेकिङका क्रममा समातिएका उनले कहिले माओवादी नेता जनार्दन शर्मा हुँ भन्दै ठगी गरेको लगायत दर्जनौं ठगीमा संलग्न रहेको प्रहरीले पुष्टिसमेत गरेको छ। बागमती प्रदेश ०१९०२६ च ४००१ नम्बरको कार  जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्की बताए ।


उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा प्रभाकर बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए। प्रहरीका अनुसार उनले पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका एसपी कार्कीले बताए। 

‘माओवादी नेता जनार्दन भन्दै त कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने भनेर ठगी गर्दै आएका रहेछन्,’ उनले भने, ‘करोडौं उठाएर फरार रहेका उनी प्रहरीको नियमित चेकिङमा पक्राउ गरिएको हो ।’ ठगीका शृंखला भेरै भएकाले उनी पेशेवर रहेको उनले बताए।

प्रहरीकाअनुसार उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा प्रभाकर बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाईसमेत ठगेका थिए। उनले पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए। 

प्रहरीकाअनुसार २०६४/०६५ सालमा दाङ राप्ती गाउँपालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए। यसै गरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौं रकम उठाएर फरार भएको जनाइएको छ । 

उनले पैसा नभएको बैक एकाउण्टको चेक दिएर धेरैलाई सताएकोसमेत छन् । ठगी मात्रै नभइ वुटवलका स्थानीयलाई डर, त्रास दिएकोसमेत मुद्दा उनीविरुद्द रहेको प्रहरीले जनाएको छ।

यस्तो छ उनको ठगीको श्रृंखला

-२०६४/०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गाविस, हाल राप्ती गाउँपालिका वडा नं २ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि विभिन्न व्यक्तिहरूबाट एक करोड भन्दा बढी रुपैया उठाई ठगी फरार 

-२०६५ सालमा कैलाली जिल्लाको धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनी विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी फरार भएको भन्ने खुल्न आएको ।

-पर्सा जिल्लाको विरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको जगदम्बा सेल्स ट्रेडिङ प्रा लिमा आफू गौमुखी फिड इन्डस्ट्रिजको सञ्चालक भनी ढाँटदै च्यानल गेट, एङगल तथा रडहरू खरिद गरी ४७ लाख माछापुच्छ्रे बैङकमा रहेको १००१५२४१०४८७८११२ खाता नंको रकम नभएको चेक दिई फरार भएको।

-गोयल कम्पनीको विक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट २३ लाख बराबरको हार्डवेयर खरिद गरी कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं ०९१९६०१९९५३१७०११ नंको रकम नभएको चेक दिई फरार भएको ।

-नेपाली सेनाको ठेकेदार हुँ भनी चितवन जिल्लाको टाडीमा सञ्चालित रिजाल फुड एउड विभ्रेजबाट दालमोट,भुजिया लगायत नमकिनजन्य सामानहरू खरिद गरी सो वापतको भुक्तानीको लागि माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सोवापत कम्पनीले २८ लाखको क्षति व्यहोरेको ।

-नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५ लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको ।

-प्युठान सिमेन्ट कारखानाबाट रू२० लाख बराबरको सामान लिई रकम नभएको चेक दिई फरार रहेको ।

-गोल्छा अर्गनाईजेसनबाट रू३० लाख बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको।

-काठमाण्डौ जिल्लाको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्शबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको रु१ लाख २७ हजार बराबरको रकम नभएकोको चेक दिई  फरार रहेको।

 

यस भन्दा पहिले दर्ता भएका मुद्धाहरू 

-ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०५७ असोजमा  स्थानीय जनतालाई डर त्रासको वातावरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्दा दर्ता भएको ।

-ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९।०९।१६ गते तत्कालीन  साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भनि कामको शिलशिलामा १ र२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नं१३१००११७५१३४२ पीडितलाई दिई सात लाख ठगी गरेको हुनाले ठगी मुद्धा दर्ता भई अनुसन्धान पश्चात जेल चलान भएको।

-महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३।०८।०७ गते राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भनी एक लाख पचास हजार ठगी गरेको हुनाले मुद्धा दर्ता भई अनुसन्धान भएको ।

-महानगरीय प्रहरी परिसर काठमाण्डौमा मिति २०७८।०९।०७ गते आफ्नो बैङक खातामा नभएको रकम पचास लाखको चेक काटी दिएकोमा उक्त रकम बैङकमा लिन जाँद चेक बाउन्स भए पश्चात बैङकिङ कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भएको । 
 


Author

थप समाचार
x