अपराध

विन्ध्यवासिनीकी सञ्‍चालक लिना पक्राउ

इकागज |
पुस २८, २०७७ मंगलबार १४:५५ बजे

काठमाडौँ : म्युजिक कम्पनी विन्ध्यवासिनीकी सञ्‍चालक लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । स्रष्टाको प्रतिलिपि अधिकार हनन गरेको भन्दै उनलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो । 

केही दिनअघि गायक प्रमोद खरेलसहित ५७ जना सर्जकले विन्ध्यवासिनीविरुध्द महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएका थिए । कानुनअनुसार प्रतिलिपी हक पाउनुपर्ने उनीहरुको माग छ ।
  
यस विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए ।



Author

थप समाचार
x