करिब पाँच किलो सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँ - सुन जस्तो देखिने करिब चार हजार ८४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् । राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हाे ।
हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेकाे हाे । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया