अपराध

भन्सार छलीको सामान बरामद

इकागज |
फागुन ३, २०७८ मंगलबार १८:० बजे

काठमाडौं–कञ्चनपुर प्रहरीले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएको अवैध सामान बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बन्साहाको गस्ती टोलीले कालागौडी कलुवापुर सडक खण्डमा सामान बरामद गरेको हो ।

प्रहरीकाअनुसार चिनी, माइक्रोनी, दाल, आँटा टिस्यु पेपर बरामद गरेको जनाएको छ । चिनी २२ बोरा, माईक्रोनी पास्ता २ बोरा, चनाको दाल १ बोरा, बेसन आँटा १० किलो, नेपकिन टिस्यु पेपर ४६ पाकेट बरामद गरिएको हो ।                            


समान बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीका लागि  गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ।  
 


Author

थप समाचार
x