अपराध

भन्सार छली ल्याएका करिब साढे ८ लाखको औषधि बरामद

इकागज |
फागुन ४, २०७८ बुधबार १२:३४ बजे

फाइल फाेटाे

झापा- झापाको कचनकवल गाउँपालिका–१ कुट्टिबाट भन्सार छली ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधिहरू प्रहरीले बरामद गरेको छ । 

अस्थायी प्रहरी चौकी कुट्टिबाट सोमबार खटिएको प्रहरी गस्ती टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले साथमा रहेको प्लाष्टिकका बोराहरू फाली फरार भएका थिए । 


प्रहरीले बोराहरू जाँच गर्दा विभिन्न औषधिहरू फेला पारी बरामद गरेको हो । 

बरामद औषधिहरू सम्बन्धित कार्यालयलाई बुझाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Author

थप समाचार
x