अपराध

अवैध रुपमा ल्याइएको सामानसहित दुई पक्राउ

इकागज |
फागुन ६, २०७८ शुक्रबार १५:२८ बजे

काठमाडौं–बुटवल उपमहानगरपालिका–१ तिनाउपुलबाट अवैध रुपमा ल्याउँदै गरेको सामान बरामद गरिएको छ। प्रहरीले करिब ४ लाख रुपैयाँ मूल्य बराबरको १ सय ८८ जोर जुत्ता र १ हजार २ सय ९६ मिटर कपडासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ का कृष्ण थापा र तुलसी थारू रहेको प्रहरीले जनाएको छ।   


लु.१ ज ३१६७ नम्बरको पिकअपलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा पिकअपमा ल्याउँदै गरेको उक्त सामानहरूसहित चालक कृष्ण र पिकअपमा सवार तुलसीलाई सामान र गाडी सहित पक्राउ गरेको हो । उनीहरूलाई पिकअप र बरामद सामानहरूसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ । 

यसैगरी बुटवल उपमहानगरपालिका–५ विकासपथस्थित अहमद मिया र ईशाक मियाको नेपाल फुटवेयर गोदामबाट अवैध रुपमा राखिएका ६ हजार १ सय ३४ जोर जुत्ता, ५ हजार २ सय ५० जोर चप्पल र ३ सय २५ जोर सेण्डिल गरी ७४ लाख ८ हजार ६ सय रुपैयाँ मूल्य बराबरको सामानहरू प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल र राजश्व अनुसन्धान कार्यालय बुटवल समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो । बरामद सामानहरू आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा राखिएको छ ।
 


Author

थप समाचार
x