अपराध

भन्सार छली ल्याएको चक्लेट तथा बिस्कुटसहित भारतीय नागरिक पक्राउ

इकागज |
फागुन १२, २०७८ बिहीबार १७:३२ बजे

पर्सा– भन्सार छली ल्याएको चक्लेट तथा बिस्कुट लोड रहेका कन्टेनरसहित एक पक्राउ परेका छन् । पर्सा प्रहरीले विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड गरी परवानीपुरतर्फ लग्दै गरेको अवस्थामा कन्टेनर चालक भारत औरैया जिल्ला तैसिल यू.पीका सुनिल कुमारलाई पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ गणेशटोलस्थित सडकखण्डबाट बन्टेनर बरामद गरिएको हो । प्रहरीका अनुसार एनएल ०१ एल ६५४८ नम्बरको ट्रक जाँच गर्नृे क्रममा सामान फेला परेको थियो ।


चालक कुमारलाई नियन्त्रणमा लिई पचपन्न लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।   
 


Author

थप समाचार
x