अपराध

सीमा नाकाबाट चरेस तार्दा भारतको जेल पुगिन् नेपाली महिला

इकागज |
फागुन १२, २०७८ बिहीबार २०:५ बजे

सांकेतिक फोटो

दार्चुला- दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलबाट एक जना नेपाली महिलालाई भारतीय एसएसबीले चरेससहित पक्राउ गरेको छ। 

दुँहु गाउँपालिका वडा नम्बर २ हिकिला घर भएकी ४० वर्षीया सरिता बडाललाई आइतबार २ सय ७० ग्राम लागूऔषध चरेससहित पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। 


खलंगामा रहेको सीमापुल प्रत्येक दिन बिहान ७ बजे खुल्ने र बेलुका ५ बजे बन्द हुन्छ । तर, फागुन ७ गते साँझ साढे सात बजे बिहेका लागि सीमापुल खोलिएको थियो। बिहेका लागि खोलिएको सीमापुलमा चरेस लगेर भारत प्रवेश गर्न लागेकी बडाललाई भारतीय एसएसबीले जाँच गर्दा पक्राउ गरेको हो।

नेपाली महिला भारतमा चरेससहित पक्राउ परेको जानकारी दोस्रो दिन बेलुका भारतीय पक्षले नेपाली सुरक्षा निकायलाई दिएको पुलघाट प्रहरी पोस्टका इन्चार्ज सहायक प्रहरी निरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

पक्राउ परेकी महिलालाई भारतीय अदालतको आदेशमा डीडीहाट जेलमा राखिएको जानकारी प्राप्त भएको उनले बताए।


Author

थप समाचार
x