फलफूल पसलको आवरणमा लागुऔषधको कारोबार
जनकपुरधाम, फागुन १८ गते । धनुषा प्रहरीले फलफूल पसलको आवरणमा लागुऔषध गाँजा बिक्री गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ दुधमति चौक स्थित फलफुल व्यवसायी १९ वर्षीय अरूण कुमार साह रहेका छन् ।
फलफूल पसलमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताएका छन ।
उनको पसलबाट प्रहरी टोलीले खानतलासी गर्दा एक डिस्पोजल झोलाबाट कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको ९० ग्राम बराबरको १३ थान पुरीया गाँजा बरामद गरिएको प्रवक्ता बस्नेतले जनाएको छ ।
पक्राउ परेका साहमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया