शे-फोक्सुण्डोमा वन्यजन्तुको तस्करी गर्ने ५ जना पक्राउ
डोल्पा : शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको शिकार तथा तस्करीमा सलंग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधिले स्थानीय प्रहरीको सहयोगमा अवैध जिवजन्तु तस्करीमा संलग्न ५ जनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।
पक्राउ पर्नेमा डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका ११ मुहका ४५ बर्षीय मन बहादुर बुढा, ३७ बर्षीय चन्द्र प्रसाद बुढा, ४१ बर्षीय सुर्य बहादुर बुढा, ३० बर्षीय चन्द्र केसी, र २१ बर्षीय गोकर्ण बुढा रहेका छन् ।
उनीहरुको साथबाट भरुवा बन्दुक २ नाल, बारुदको डिब्बा १ थान, ४५ थान छर्रा, कस्तुरी मार्ने पासो १४ थान, बारुद भरिएको चौरी गाईको सिङ्ग २ गोटा, र शंकास्पद कस्तुरीको दाँत ४ गोटा पनि बरामद भएको नेपाली सेनाले जनाएको छ ।
बरामद गरिएको सामानसहित पक्राउ गरिएका ५ जनालाई नै आवश्यक कारवाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको सेनाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया