अपराध

हत्या अभियाेगमा २ जना पक्राउ

इकागज |
फागुन १९, २०७८ बिहीबार १६:५६ बजे

कास्की- चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका-२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हाे।

प्रहरीकाअनुुसार पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पोखरा महानगरपालिका-१३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


Author

थप समाचार
x