अनलाइनमार्फत विज्ञापनगरी करोडौं ठग्ने दुई जना प्रहरीको फन्दामा
काठमाडौं : ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भन्दै ठगी गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनगरी ठगी गर्ने २ जनालाई आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर घर भएका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइ घर भएका मेवालाल साह रहेका छन् । पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै विज्ञापन गर्ने, सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए ।
यसबाट ठगिएका प्रविन प्रसाद साहको जाहेरीमा प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनसन्धानमा खुलेको जानकारी दिए । अनुसन्धान बाँकी नै रहेकोले ठगिएका व्यक्ति अझै बढी हुन सक्ने उनको भनाइ छ ।
आज सार्वजनिक गरिएका ब्यक्तिले बजार मूल्य भन्दा सस्तोमा सामान दिन्छु भनेर फेसबुकमा बिज्ञापन गरेको देखेपछि शंका लागि प्रहरीले अनसन्धान गर्दा ठगी धन्दा भएको खुलेको हो । ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरूमा फेसबुकलगायतका अन्य नेटवर्कमा फेक एकाउन्ट खोल्ने विभिन्न प्रलोभन देखाउने, बिज्ञापन गर्ने त्यस पछि सम्पर्कमा आएका व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया