अपराध

एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ

इकागज |
माघ ५, २०७७ सोमबार १३:५२ बजे

प्रतिकात्मक तस्वीर

काठमाडौँ : नागार्जुन ठुलोभर्‍याङस्थित एनआइसी एसिया बैँकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ, माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुकलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न उनका साथी भने फरार छन् । उनलाई खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
 



Author

थप समाचार
x