अपराध

खैरो हिरोइनसहित नाै जना प्रहरी फन्दामा

इकागज |
माघ ७, २०७७ बुधबार १८:४५ बजे

काठमाडौं : काठमाडौं उपत्यकाभित्र लागू औषध खैरो हिरोईनको कारोबार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौं उपत्यकाभित्र खैरो हिरोईनको कारोबार गर्ने समूहका ९ जनालाई पक्राउ गरेको हो ।  प्रहरीले उनीको साथबाट ५३६.५ ग्राम खैरो बरामद गरेको छ । यो परिमाण प्रहरीले बरामद गरेको हालसम्मै धेरै हो । 

ब्यूरोले उनीहरुको साथबाट ७ दशमलव ५ ग्राम एमफेटाइमन आइस ड्रग र लागु औषधी तौल गर्ने मेसिन पनि बरामद गरेको छ । यस्तै, ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद, ६ हजार १ सय अमेरिकन डलर र ३ थान सवारी साधन समेत बरामद गरेको छ । ब्यूरोका प्रमुख एसएसपी दिलिप कुमार चौधरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । उनले यस कारोबारमा संलग्न अन्यको खोजीकार्य जारी रहेको पनि बताए ।   


लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ परेको नौ जनालाई नै बुधबार सार्वजनिक गरेको छ । ब्यूरोको अनुसार पक्राउ परेका व्यक्तिहरुले खैरो हिरोईन प्रति १ ग्राम ३ हजार देखि १० हजरसम्ममा बिक्रि वितरण गरेको अनुसन्धानबाट खुलेको छ ।  


Author

थप समाचार
x