अपराध

सवारी ज्यान मुद्दाका फरार अपराधी पक्राउ

इकागज |
माघ ७, २०७७ बुधवार २०:३८ बजे

सिन्धुली : सवारी ज्यान मुद्दामा जेल सजाय तोकिएका फरार अपराधी अढाइ वर्षपछि पक्राउ परेका छन् । सिन्धुली जिल्ला अदालतले २०७५ जेठ २९ गते सात महिना २० दिन कैद सजाय तोकेका सिन्धुलीको कमलामाई नगरपालिका-८ ठूलडाँडाका ३० वर्षीय पञ्‍चबहादुर वाइबालाई इलाका प्रहरी कार्यालय भिमानको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले फरार अपराधी पञ्‍चबहादुरलाई मंगललबार पक्राउ गरी आज सिन्धुली अदालतमा बुझाइएको जानकारी दिए । (रासस)
 



Author

थप समाचार
x