अपराध

शिक्षक हत्या आरोपमा विप्लबका मोरङ सेक्रेटरी पक्राउ

इकागज |
माघ ८, २०७७ बिहीबार १३:२७ बजे

काठमाडौं : मोरङ प्रहरीले नेकपा विप्लब समूहका जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियार सहित पक्राउ गरेको छ ।   विकलाई प्रहरीले गत मंसिर २३ गते मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको अभियोग रहेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले इकागजलाई जानकारी दिए । 

‘केही दिनदेखि यहाँका उद्योगी व्यवसायीहरुलाई धम्क्याएर चन्दा उठाइरहेको भन्ने सूचना हामीलाई आएको थियो,’ खड्काले भने, ‘सोही सूचनाको आधारमा हाम्रो प्रहरी खटिएको थियो । हिजो उहाँ हतियारसहित चन्दा उठाउँदै हिँडेको थाहा पाएपछि घेरा हालेर नियन्त्रणमा लिइएको हो ।’ 


खड्काले उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीका व्यक्ति भएको पनि जानकारी दिए । ‘उनी त प्रहरीको मोस्ट वान्टेड सूचीमै थिए । आफूलाई डिबी सिलवाल बताउने उनी मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका मुख्य आरोपी पनि हुन् ।’ विकलाई हिजो (बुधबार) दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका ४ बाट पक्राउ गरेको राईले जानकारी दिए । प्रहरीले विकको साथबाट एक थान पेस्तोल, ३ राउण्ड गोली, चार वटा मोबाइल र सिमकार्ड बरामद गरेको जनाएको छ ।     


Author

थप समाचार
x