अपराध

हतियारसहित दुई पक्राउ

सुभाष कर्ण |
माघ १०, २०७७ शनिबार १४:३१ बजे

जनकपुरधाम : धनुषा र सर्लाहीमा प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बाउन्‍न बिघाबाट एक युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका-१ सोहनीका १९ वर्षीय विवेक यादव रहेको जानकारी दिएको छ । विशेष सूचनाको आधारमा खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । यादवलाई नियन्त्रणमा लिएर अदालतबाट हातहतियार मुद्दा शीर्षकमा म्याद थप गराई अन्य अनुसन्धान कार्य भइरहेको डिएसपी मिश्रले जानकारी दिए । 


त्यस्तै सर्लाहीको कविलासी नगरपालिका-१० चमेलीमाइबाट गोडैता नगरपालिका- ८ का ५० वर्षीय अरुण मिश्रलाई एकथान पेस्तोलसहित पक्राउ गरिएको छ । 
सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले मिश्रको साथबाट ७।६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको जानकारी दिए । 


Author

थप समाचार
x