अपराध

अज्ञात समूहद्वारा ट्रकमा आगजनी

इकागज |
माघ १०, २०७७ शनिबार १९:५४ बजे

धनगढी : दार्चुलामा अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ । गोकुलेश्‍वरबाट गइरहेको सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा शनिबार दिउँसो शैल्यशिखर नगरपालिका-९ नक्तड (ठूलशैन) जंगल नजिक आगजनी भएको हो । 

आगजनीबाट ट्रकको अगाडीको भागमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐेरीले जानकारी दिए । ऐरीका अनुसार इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान गरिरहेको छ ।  


प्रहरीले ट्रक मालिक र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिएको छ । आज प्रतबन्धित नेकपाले नेपाल बन्द आव्हान गरेकाले प्रहरीले स्कटिङमा गाडीलाई लगिरहेको थियो । तर उक्त ट्रक चालकले गोकुले चेक प्वाइन्टमा आफू नजिकै जाने भनेर ढाँटेको प्रहरीले जनाएको छ । 

नजिकै जाने भनेर चेक प्वाइन्ट पार गरेको ट्रक दार्चुला सदरमुकामबाट ६५ किलोमिटर टाढा पुगेपछि आगजनी भएको प्रहरी निरीक्षक ऐरीले बताए । 
 


Author

थप समाचार
x