अपराध

ठगी आरोपमा ओलम्पिया वल्ड स्कुलका सञ्‍चालक पक्राउ

इकागज |
माघ १०, २०७७ शनिबार २०:१८ बजे

काठमाडौँ  : झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्‍चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई आज काठमाडौँबाट पक्राउ गरेको छ । उनीहरूमाथि कोटेश्‍वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । 

उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 


उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्‍न रहेका अन्य चार जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको जनाइएको छ । (रासस)
 


Author

थप समाचार
x