अपराध

जबरजस्ती करणीको अभियोगमा वडाध्यक्ष पक्राउ

इकागज |
माघ ११, २०७७ आइतबार १३:१८ बजे

काठमाडौं : रामेछाप मन्थली नगरपालिका–१० का वडाध्यक्ष भरत बोहोरा (५१) जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । प्रहरीले शनिवार उनलाई पक्राउ गरेका हुन् । 

३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार उनलाई पक्राउ गरिएको हो । भक्तपुरको ठिमी प्रहरी वृत्तकोे आग्रहमा उनी रामेछाप मन्थलीबाट पक्राउ परेका हुन् ।


वडाध्यक्ष ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको आरोप बोहोरामाथि छ ।


Author

थप समाचार
x