पशुपतिमा शव जलाउँदै गर्दा दुई जना पक्राउ
काठमाडौ : कुटपिटगरी हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा श्रीपुरका रवि चौधरी (३८) र नुवाकोटकी अनु थापा (२४) रहेका छन् । रविकी श्रीमती बबितादेवी चौधरीको कुटपिटगरी हत्या गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
मृतक बबितादेबी र उनका श्रीमान रवि राममन्दिर नजिकैको पञ्चदेवलमा बस्दै आएका थिए । केही दिनअघि अनुले बबितालाई मोबाइल चोरीको आरोप लगाउँदै कुटपिट गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटबाट बबिताको टाउको र अनुहारमा चोटपटक थियो । रविले बेवास्ता गरेपछि शनिबार उनको मृत्यु भएको थियो । आइतबार रवि र अनुको मिलेमतोमा बबिता बितेकै ठाउँमा शव जलाएको थाहा पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बबिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
‘
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया