अपराध

काठमाडौँबाट पक्राउ परेका उखु मिल सञ्चालक अग्रवाललाई सर्लाही पठाइँदै

इकागज |
माघ १५, २०७७ बिहीबार ७:४६ बजे

काठमाडौँ : किसानलाई भुक्तानी नदिएपछि पक्राउ परेका अन्‍नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले आज सर्लाही पठाइँदैछ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अग्रवालविरुद्ध ठगी मुद्दामा उजुरी दर्ता छ ।

सर्लाही प्रहरीले खोजीका लागि आग्रह गरेपछि त्रिपुरेश्वर घरमै पुगेर अग्रवाललाई बुधबार साँझ पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । परेका उनलाई आज सर्लाही प्रहरीको जिम्मा लगाउन लागिएको उनले बताए ।


‘खोजीका लागि आग्रह गरेपछि हामीले घरमै पुगेर पक्राउ गरेका हौँ’ एसएसपी सिंहले इकागजसँग भने, ‘सर्लाहीमै मुद्दा दर्ता भएकाले उतै पठाउन लागेका हौँ ।’ 


Author

थप समाचार
x