अपराध

२५० केजी गाँजासहित पक्राउ

इकागज |
माघ २१, २०७७ बुधबार १९:३२ बजे

फाइल तस्बिर

काठमाडौँ  :  सुनसरी सदरमुकाम इनरुवा-१ बलाहास्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका-९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका-१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।  

धनकुटाबाट को १ च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङगको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्‍ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए । पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।  



Author

थप समाचार
x