भरूवा बन्दुक र कालिजसहित पक्राउ
बझाङ : बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मंगलबार राति एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जंगली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा-३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । (रासस)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया