नक्कली नोटको कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ
जनकपुरधाम : नक्कली नोटको कारोबार गरेको आरोपमा महोत्तरी प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला थाना बेला ग्रामपंचायत नर्गा लक्ष्मीपुर २ का ३५ वर्षीय साविर अन्सारी र थाना सुरसण्ड ग्रामपंचायत पटनपुरा १४ का ४२ वर्षीय जियाउल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा महोत्तरीको बर्दिबास नगरपालिका-१ स्थित रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र महोत्तरीको अस्थाई प्रहरी पोष्ट नगरपालिका जलेश्वरबाट खटेको संयुक्त प्रहरी टोलीले भारतीय नम्बर प्लेटको गाडी चेकजाचँ गर्दा अवैध नक्कली नोटहरू फेला परेको प्रवक्ता विष्टले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट भारतीय नम्बर प्लेटको गाडीसहित नक्कली जस्तो देखिने २९-८०१९१२ नम्बरको ५ सय रुपैयाँको १७ थान नोट, ६५-७६३८८९ नम्बरको ६ थान, ४०-१५८३०२ नम्बरको ४ थान नोटसहित १३ हजार ५ सय नक्कली रुपैयाँ, नेपाली १६ हजार र भारतीय पहिचान पत्र बरामद गरेको प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया