दुई बालिकालाई जबरजस्ती गरेको आरोपमा एक पक्राउ
फाइल तस्बिर
काठमाडौँ : महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एकडारा-४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेको छ ।
बालिकाहरु त्यहाँबाट भागी घर आएर आ-आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुबैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयबासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गएराती नै पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया