प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
सांकेतिक तस्बिर
काठमाडौँ : विराटनगर महानगरपालिका-५ मुनालपथबाट करिब १० लाख रुपैयाँ बराबरको प्रतिबन्धित औषधि बरामद भएको छ । आइतबार राति प्रहरीले नेपालमा प्रतिबन्धित विभिन्न ब्राण्डका औषधिहरू बरामद गरेको हो ।
सोही महानगरपालिका-१० न्युरो अस्पतालपछाडि राजेन्द्र साहको घरबाट औषधी बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले भण्डार गरेको अवस्थामा औषधि फेला पारेको हो । उक्त औषधिहरू रेखदेख गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया