गोली हानेर छोरीको हत्या गर्ने महरा चार दिनपछि पक्राउ
प्रतिकात्मक तस्बिर
धनगढी : बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने पुरुषलाई प्रहरीले चार दिनपछि पक्राउ परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले पक्राउ गरेको हो ।
माघ २४ गते महराले आफ्नै २० वर्षीया विवाहित छोरी बेलमती महराको गोली प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए । छोरी हत्या र आफ्नै घरमा आगो लगाएर महरा बन्दुकसहित फरार भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया