अपराध

बानेश्‍वरबाट १३ वर्षीया बालिका बेपत्ता

इकागज |
माघ २९, २०७७ बिहीबार १५:१० बजे

काठमाडौँ  : पुरानो बानेश्‍वर र बस्‍ने १३ वर्षीया श्रुती शर्मा मंगलबारदेखि बेपत्ता छिन् । लोयला बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्ने उनको खोजीमा अहिले परिवार लागिपरेको छ । त्यसदिन श्रुती स्कुलबाट आएपछि एकजना साथीकोमा गएकी थिइन् ।

साथीकोमा गएकी छोरी आउँछे भनेर बुबा सुनिल र आमा भवानीले श्रुतीको बाटो हेरेको तीन दिन भइसक्यो । तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन । श्रुतीको परिवार प्रहरीदेखि बालबालिका खोजतलास समन्वय केन्द्र सबैतिर पुगिसक्यो । आफू बस्‍ने वरपरका सीसीटीभी फुटेज हेरिसक्यो । श्रुती अन्‍तरमुखी मुखी स्वभावकी थिइन् । ‘खासै कसैसँग बोल्न खोन्दिनथी,’ उनका दाइ आशिषले भने, ‘त्यो दिन जो साथीसँग गएकी थिइ । ऊ बाहेक उसका अरु साथी पनि थिएनन् ।’



Author

थप समाचार
x