अपराध

अज्ञात समूहद्वारा श्रीमानको हत्या, श्रीमतीलाई कुटपिट

इकागज |
फागुन १, २०७७ शनिबार १४:५८ बजे

उदयपुर  : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा शनिबार बिहान अज्ञात समूहले श्रीमानको हत्या गरेको छ भने श्रीमतीलाई गम्भीर कुटपिट गरेको छ । घाइते श्रीमतिको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरले शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई हत्या गरेको अवस्थामा शव भेटिएको बताएको छ । 

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्‍न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए । मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए । 


प्रहरीका अनुसार राईलाई अज्ञात समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ । केही व्यक्तिहरूसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्‍ने छिमेकीको सूचनाका आधारमा प्रहरी बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्‍न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । (रासस)


Author

थप समाचार
x