अपराध

चोरी मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

इकागज |
फागुन २, २०७७ आइतवार १६:२७ बजे

कञ्‍चनपुर : चोरी मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जिल्लाको भीमदत्त नगरपालिका-१६ का हरेन्द्रबहादुर धानुकलाई आइतबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्‍ता अमरबहादुर थापाकाअनुसार धानुकलाई जिल्‍ला अदालत कन्‍चनपुरले २०६० सालमा १ महिना कैद र पाँच हजार २५८ जरिवाना गरेकोमा उनी फरार थिए । उनलाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले एक महिना कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।
 



Author

थप समाचार
x