अपराध

लागूऔषधसहित नौजना पक्राउ

इकागज |
फागुन २, २०७७ आइतबार १७:४४ बजे

काठमाडौँ : लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कारोबारमा संलग्‍न ९ जना जनालाई पक्राउ गरेको छ । लागूऔषध ब्यूरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागूऔषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

उनीहरूलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुल सहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक दिलिप चौधरीले जानकारी दिए । उनीहरूको साथबाट डाईजेपाम-९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन-६८४ एम्पूल, लुपिजेसिक-७६ एम्पूल गरी कुल नियन्त्रित लागूऔषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैया बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरूले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x