अपराध

बालिका करणीको आरोपमा पक्राउ

इकागज |
फागुन २, २०७७ आइतबार २०:५२ बजे

स्याङ्जा : एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका-२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ । 

बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो । (रासस)
 



Author

थप समाचार
x