अपराध

नौँ वर्षपछि पक्राउ परे बहुविवाह गर्ने जोडी

इकागज |
फागुन ३, २०७७ सोमबार १७:२ बजे

बाँके : बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–४ निबुवा बस्ने ३४ वर्षीय जयबहादुर गिरी र ३३ वर्षीया छायाँ गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

नौ वर्षअगाडि जिल्ला अदालत बाँकेको फैसलाले उनीहरूलाई बहुविवाह मुद्दामा २ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यो बेलादेखि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुबैलाई जिल्ला अदालत बाँकेमा बुझाइएको छ छ ।
 



Author

थप समाचार
x