अपराध

भागरथी हत्या प्रकरणका आरोपित सार्वजनिक

नवराज पनेरु |
फागुन ५, २०७७ बुधबार १५:१० बजे

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्‍कारपछि हत्या आरोपमा पक्राउ परेका अन्‍दाजी १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो । उनी भागरथी अध्ययन गर्ने विद्यालय सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत युवक हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन ।


सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले जानकारी दिए ।

भट्टले भागरथीको हत्या गरेको  स्वीकार गरेको प्रहरीको भनाइ छ। दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्ट माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।


Author

थप समाचार
x