अपराध

डरत्रास देखाएर जबरजस्ती करणी गर्ने पक्राउ

इकागज |
फागुन ६, २०७७ बिहीबार १४:२५ बजे

काठमाडौँ : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-१० सिप्रदी डेरा गरी बस्‍ने खोटाङ खिदिम गाउँपालिका-७ का १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

किशोरीलाई डरत्रास देखाएर पटक-पटक जबरजस्ती करणी गरेको खुल्न आएको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।



Author

थप समाचार
x