अपराध

लागू औषधसहित भारतीय पक्राउ

इकागज |
फागुन ९, २०७७ आइतबार १७:२७ बजे

फाइल तस्बिर

काठमाडौँ : लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विक्रिका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको हो । 

भारत बेतिया सिक्टा गाउँ-१० बस्‍ने ४७ वर्षीय आनन्दराम चमारलाई लागू औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।  प्रहरीले चमारका साथबाट अवैध  डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको बताएको छ ।  



Author

थप समाचार
x